Wednesday, July 7, 2021

PET

पेरिटोनियल झिल्ली जाँच

PET Test

सि.ए.पि.डी गर्न सुरु भएको ४-६ हप्तामा साथै प्रतेक ६ महिनामा पेरिटाेनियल झिल्लीकाे परिक्षण गर्नु पर्दछ। यसले चिकित्सक तथा तपाइकाे सि.ए.पि.डी काेअर्डीनेटरलाइ बैज्ञानिक आाधारमा तपाइकाे डाइलाइसिस र उपचारकाे याेजना तयार पार्न सहयाेग गर्छ र तपाईंको उपचार थप गुणस्तरीय हुन्छ। 

थप जानकारी को लागि तल को Link खोल्नुहोस् |

Link

>>पेरिटोनियल झिल्ली जाँच PET Test <<

Wednesday, May 5, 2021

सि.ए.पि.डी गर्ने बिरामिका लागि स्वस्थ्य र सुन्दर जिवनका १० सुत्र।

 १) तालिम

सि.ए.पि.डी उपचार पद्धति अपनाएपछी त्यसबारे पुर्णतालिम लिनु पर्दछ। ताालिम बिरामी र बिरामीकाे हेरचाह गर्ने ब्यक्ति सबैले लिनु जरुरी छ। तालिमकाे समयमा अत्यन्तै सक्रियरुपमा सहभागी भइ धेरै भन्दा धेरै प्रश्न साेध्नुहाेस। याद राख्नुहाेस राम्राे सिकाइनै गुणस्तरीय उपचारकाे लागि उपयाेगी हुन्छ र सि.ए.पि.डि गुणस्तरीय भई तपाइकाे जीवन सधै स्वस्थ्य र सुन्दर रहन्छ।

२) सरसफाइकाे सुनिस्चितता 

सि.ए.पि.डी मा सरसफाइ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। उचित सरसफाइ र व्यवस्थापनले सि.ए.पि.डी गर्दा हुने सङ्क्रमण राेक्न सकिन्छ। 

नियमित सि.ए.पि.डी गर्नु अगाडि ८ तरिकाले हात धुनु अनिवार्य छ।

व्यक्तिगत सरसफाइले पनि सि.ए.पि.डी मा निकै महत्व राख्दछ। यसका साथै अन्य सरसफाइका माबदण्डहरु सिकाइए बमाेजिम गर्नु जरुरी छ।

३) पेटमा पाइप निस्किएको ठाउँकाे हेरचाह 

पायप निस्किएको ठाउकाे हेरचाह र सरसफाइ नियमित गर्नु पर्दछ। तालिमकाे दाेैरानमा सिकाइए बमाेजिम पाइप (क्याथेटर) र पाइप निस्किएको ठाउकाे हेरचाह गरि सम्भावित जाेखिमबाट बच्न सकिन्छ। 

४) मृगाैला चिकित्सक सँग नियमित परामर्श 

नियमित चिकित्सक सँग भेट्ने गर्नुहाेस्। तपाइलाई समस्यानै नहुदापनी प्रतेक महिना चिकित्सकलाई भेटी तपाइकाे स्वास्थ्य अवस्था र सि.ए.पि.डी उपचार ठिक ढङ्गले चलिरहेकाे छ भनी यकिन गर्नुपर्दछ। जस्ले तपाइलाई आाकस्मिक रुपमा अस्पताल आउनु पर्ने र भर्ना भएर उपचार गर्नु पर्ने अवस्थाकाे न्युनिकरण गर्दछ। 

५) नियमित प्रयाेगसाला  परिक्षण 

रगत, पिसाब तथा सि.ए.पि.डी पानिकाे नियमित प्रयाेगसाला परिक्षणले तपाइले गरिराख्नु भएकाे उपचारकाे प्रभावकारिता र तपाइकाे स्वास्थ्य अवस्था बारे जानकारी दिन्छ। जसकाे सहयाेगले चिकित्सकले तपाइकाे उपचार तथा अाैषधि फेरवदल तथा नियमित गर्नेछन्। 

६) नियमित सि.ए.पि.डी काेअर्डीनेटर सँग सम्पर्कमा रहने

तपाइलाई तलिम प्रदान गर्ने तपाईंको सि.ए.पि.डी काेअर्डीनेटर सँग नियमित सम्पर्कमा रहनु पर्दछ र हरेक सानाे भन्दा सानाे सि.ए.पि.डी सँग सम्वन्धित समस्या हरुमा परामर्श लिनु पर्दछ। सि.ए.पि.डी काेअर्डीनेटरकाे सम्पर्कका माध्यमहरु आादन प्रदान गरि सम्पर्क सुनिस्चित गर्नुहाेला। 

७) सि.ए.पि.डी सहि तरीकाले गर्ने। 

तपाईं निस्चित हुनुहाेस्की तपाइले सि.ए.पि.डी गर्दा अपनाउने प्रतेक प्रक्रिया हरु जस्तै हात कसरी र कतिबेला धुने, समानहरु कसरी पकाउने, आैषधी कसरी र कहिल जाेड्ने छुटाउने, आादी कुराहरु सहि तरीकाले गर्दै हुनुहुन्छ। यसले तपाइकाे उपचारलाई सधै ठिक राख्न सहयाेग गर्दछ।

८) ट्रान्सफर सेट परीवर्तन 

ट्रान्सफर सेट अथवा बिरामिकाे पेटमा राखिएकाे पइपकाे बाहीरी आाधा भाग प्रतेक ४ महिनामा परिवर्तन गर्नु पर्दछ जसले संक्रमण जन्य जाेखीम कम गर्दछ। यसका साथै अन्य समय जस्तै संक्रमण मएकाे अवस्थामा, पाइपमा कुनै भाैतिक समस्या देखीएमा र पाइपको नाङ्गो र सम्वेदनसिल भागहरुमा फाेहाेर हात अथवा अन्य वस्तुले छाेएमा पनि परिवर्तन गर्नु जरुरी छ।

९) तरल पदार्थ र भाेजन 

तरल पदार्थ र भाेजनकाे निस्चित नियम पालना गर्नु पर्दछ। सामान्यतया सि.ए.पि.डी गर्दा खाना र पानी बार्नु पर्दैन तर पनि सन्तुलित मात्रामा भने लिनु आावस्यक छ। हजुरकाे खाद्य परामर्श बिज्ञ्य र चिकित्सककाे सुझाव बमाेजिम सन्तुलित मात्रामा भाेजन तथा तरल पदार्थ लिने गर्नु पर्दछ। 

१०) पेरिटाेनियल झिल्लीकाे परिक्षण 

सि.ए.पि.डी गर्न सुरु गर्काे ४-६ हप्तामा साथै प्रतेक ६ महिनामा पेरिटाेनियल झिल्लीकाे परिक्षण गर्नु पर्दछ। यसले चिकित्सक तथा तपाइकाे सि.ए.पि.डी काेअर्डीनेटरलाइ बैज्ञानिक आाधारमा तपाइकाे डाइलाइसिस र उपचारकाे याेजना तयार पार्न सहयाेग गर्छ र तपाईंको उपचार थप गुणस्तरीय हुन्छ।

 
संजय अधिकारी 
CAPD Clinical Expert 
D.Pharm, B.Pharm
ISPD Fellowship in Peritoneal Dialysis (Thiland)

Sunday, May 2, 2021

डाईलाईसीस र तिर्खा व्यवस्थापन

सरिरमा पानीको सन्तुलन गर्नु मिर्गौला फेल भएका बिरामीहरुको लागि निकै नै चुनौती को बिषय हो | मिर्गौलाको धेरै महत्त्वपूर्ण कम हरु मध्य पिसाबको मध्यम बाट पानीको सन्तुलन गर्नु पनि एउटा महत्त्वपूर्ण कम हो | तर जब मिर्गौलाले आफ्नो पूर्ण क्ष्यमतामा काम गर्न सक्दैन तब सरिरमा पानीको व्यवस्थापन असन्तुलित हुन्छ| 

पानीको व्यवस्थापन असन्तुलित हुदा  सरिर मा निर्जलता (सरिर सुक्खा हुने) आथावा सरिर सुन्निने (सरिर मा पनि जम्मा हुने) अवस्था आउछ |

मिर्गौला फेल भएका बिरामीहरुको लागी पानीको सन्तुलन कायम गर्नको लागि प्यास (तिर्खा) को व्यवस्थापन गर्नु जरुरी छ |

तिर्खा कम गर्न के गर्ने ?

आत्त्याधिक मात्रामा नुन भएको खाना नखाने |

खानामा नुन थपेर खाने बनि आजै छोड्नुस |

यदी तपाई मधुमयको बिरामी हो भने चिनीको मात्रा कम गर्नुस, चिनिले तिर्खा बढाउछ

प्याक गरेर राखिएका खानेकुराहरु नखाने |

तयारी खाजाहरु जस्तै चाउचाउ, कुरकुरे, फुरन्दाना, दालमोठ,  जस्ता खानेकुराहरु नखाने |

प्याक गरिएका माछा मासु तथा सुकुटी आचार नखाने |

फास्ट फुड नखाने |

मुख खुल्ला गरेर नबस्ने, नसुत्ने |

चिनी नभएको चोक्लेट अथवा चुइगम खाने |

धेरै तिर्खा लागेमा चिसो पानीले मुख कुल्ला गर्ने |

ब्रान्डेड जेनेरिक औषधि र अनब्रान्डेड जेनेरिकमा के फरक?

  ब्रान्डेड जेनेरिक औषधिहरू साँच्चै अनब्रान्डेड जेनेरिकहरूको तुलनामा महँगो हुन सक्छ, अतिरिक्त लागतले सक्रिय औषधि सामग्री (एपीआई) र क्लिनिकल ...