Sunday, May 2, 2021

डाईलाईसीस र तिर्खा व्यवस्थापन

सरिरमा पानीको सन्तुलन गर्नु मिर्गौला फेल भएका बिरामीहरुको लागि निकै नै चुनौती को बिषय हो | मिर्गौलाको धेरै महत्त्वपूर्ण कम हरु मध्य पिसाबको मध्यम बाट पानीको सन्तुलन गर्नु पनि एउटा महत्त्वपूर्ण कम हो | तर जब मिर्गौलाले आफ्नो पूर्ण क्ष्यमतामा काम गर्न सक्दैन तब सरिरमा पानीको व्यवस्थापन असन्तुलित हुन्छ| 

पानीको व्यवस्थापन असन्तुलित हुदा  सरिर मा निर्जलता (सरिर सुक्खा हुने) आथावा सरिर सुन्निने (सरिर मा पनि जम्मा हुने) अवस्था आउछ |

मिर्गौला फेल भएका बिरामीहरुको लागी पानीको सन्तुलन कायम गर्नको लागि प्यास (तिर्खा) को व्यवस्थापन गर्नु जरुरी छ |

तिर्खा कम गर्न के गर्ने ?

आत्त्याधिक मात्रामा नुन भएको खाना नखाने |

खानामा नुन थपेर खाने बनि आजै छोड्नुस |

यदी तपाई मधुमयको बिरामी हो भने चिनीको मात्रा कम गर्नुस, चिनिले तिर्खा बढाउछ

प्याक गरेर राखिएका खानेकुराहरु नखाने |

तयारी खाजाहरु जस्तै चाउचाउ, कुरकुरे, फुरन्दाना, दालमोठ,  जस्ता खानेकुराहरु नखाने |

प्याक गरिएका माछा मासु तथा सुकुटी आचार नखाने |

फास्ट फुड नखाने |

मुख खुल्ला गरेर नबस्ने, नसुत्ने |

चिनी नभएको चोक्लेट अथवा चुइगम खाने |

धेरै तिर्खा लागेमा चिसो पानीले मुख कुल्ला गर्ने |

No comments:

Post a Comment

ब्रान्डेड जेनेरिक औषधि र अनब्रान्डेड जेनेरिकमा के फरक?

  ब्रान्डेड जेनेरिक औषधिहरू साँच्चै अनब्रान्डेड जेनेरिकहरूको तुलनामा महँगो हुन सक्छ, अतिरिक्त लागतले सक्रिय औषधि सामग्री (एपीआई) र क्लिनिकल ...