Saturday, August 19, 2023

ब्रान्डेड जेनेरिक औषधि र अनब्रान्डेड जेनेरिकमा के फरक?


 ब्रान्डेड जेनेरिक औषधिहरू साँच्चै अनब्रान्डेड जेनेरिकहरूको तुलनामा महँगो हुन सक्छ, अतिरिक्त लागतले सक्रिय औषधि सामग्री (एपीआई) र क्लिनिकल परिणामहरूको सन्दर्भमा गुणस्तर आश्वासन र विश्वसनीयताको उच्च स्तरलाई झल्काउँछ। यो शंकास्पद तेस्रो-पक्ष उत्पादन इकाईहरूबाट खरिद गरिएका औषधिहरूको विपरीत हो, जहाँ गुणस्तर नियन्त्रणमा सम्झौता हुन सक्छ।


प्रमाणले सुझाव दिन्छ कि प्रतिष्ठित औषधि कम्पनीहरूले अनुसन्धान र विकास, साथै गुणस्तर नियन्त्रण प्रक्रियाहरूमा उनीहरूको उत्पादनहरूको सुरक्षा, प्रभावकारिता, र स्थिरता सुनिश्चित गर्न महत्त्वपूर्ण रूपमा लगानी गर्छन्। ब्रान्डेड जेनेरिकहरू सामान्यतया कम्पनीहरूद्वारा निर्मित हुन्छन् जसले आफूलाई प्रमाणित ट्र्याक रेकर्ड, नियामक मापदण्डहरूको पालना र उच्च-गुणस्तरको औषधिहरू उत्पादन गर्ने प्रतिष्ठाको साथ स्थापित गरेका छन्।


यसको विपरित, तेस्रो-पक्ष निर्माण इकाईहरूले लागत घटाउन कुनाहरू काट्न सक्छन्, जसले सक्रिय औषधि सामग्री (एपीआई) र अन्तिम उत्पादनको गुणस्तरमा भिन्नता ल्याउन सक्छ। यस्ता भिन्नताहरूले औषधिको क्लिनिकल परिणामलाई असर गर्न सक्छ। शंकास्पद स्रोतहरूबाट गुणस्तरहीन वा नक्कली औषधिले स्वास्थ्यमा प्रतिकूल असर पार्ने र उपचार असफल हुने घटनाहरू भएका छन्। विभिन्न देशहरूमा नियामक एजेन्सीहरूले नियमित रूपमा चेतावनीहरू जारी गर्छन् र गुणस्तर मापदण्डहरू पूरा गर्न असफल भएका उत्पादनहरूको लागि फिर्ता बोलाउँछन्।


यसबाहेक, ब्रान्डेड जेनेरिकहरू अनब्रान्डेड जेनेरिकहरूसँग तुलना गर्ने अध्ययनहरूले जैव-समानता, विघटन दरहरू, र स्थिरतामा भिन्नताहरू संकेत गरेको छ। यी कारकहरूले  औषधि शरीरमा अवशोषित र मेटाबोलाइज हुन्छ, सम्भावित रूपमा यसको चिकित्सीय प्रभावलाई असर गर्छ। ब्रान्डेड जेनेरिकहरू, तिनीहरूको कठोर गुणस्तर मापदण्डहरूको कारणले गर्दा, समयसँगै निरन्तर प्रदर्शन कायम राख्ने सम्भावना बढी हुन्छ।


नेपाल सरकारले निकाल्ने टेण्डर पोलिसी सस्तो भन्ने छ, तर औषधिमा सस्तो हटाएर क्वालिटी राख्नुपर्छ। नेपाली बजार मूल्य संवेदनशील छ । मानिसहरू गुणस्तरीय उत्पादन किन्नुको अलवा सस्तोमा किन्न रुचाउँछन्। व्यक्तिगत मात्र होइन, सरकारी टेन्डर प्रक्रिया पनि त्यस्तै छ ।  हामीलाई जे कुरा पनि एकदम सस्तो चाहिन्छ। सस्तो खोज्दा-खोज्दै त्यसमा हामीले त्योभन्दा बढी पैसा लगाइसकेका हुन्छौं र ज्यान पनि गुमाउँछौं। नेपालबाहेक अन्य देशमा औषधिको टेण्डरमा गुणस्तरमा ध्यान दिइएको हुन्छ।स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागबाटै यी कुराहरू सुधार हुनुपर्छ।


अन्तमा, ब्रान्डेड जेनेरिक औषधिहरूको लागत बढी हुन सक्छ, यो खर्च प्रायः राम्रो गुणस्तरकाे सक्रिय औषधि सामग्री (एपीआई) र सकारात्मक क्लिनिकल परिणामहरूको आश्वासनद्वारा प्रेरित हुन्छ। प्रतिष्ठित औषधि कम्पनीहरूको लागि छनौट र शंकास्पद तेस्रो-पक्ष उत्पादन इकाईहरूबाट औषधिहरू बेवास्ता गर्दा सुरक्षित र अधिक प्रभावकारी स्वास्थ्य सेवा अभ्यासहरूमा योगदान दिन सक्छ। बिरामी र स्वास्थ्य सेवा प्रदायकहरूले मूल्यमा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा गुणस्तर र विश्वसनीयताका आधारमा औषधि छनोटहरूको बारेमा सूचित निर्णयहरू गर्न महत्त्वपूर्ण छ।



सन्जय अधिकारी

फार्माषिस्ट तथा पेरीटाेनीयल डाइलाइसिस क्लिनिकल स्पेसियलिस्ट




 

  1. Sestino, A., & Amatulli, C. (2021). Branded vs. Generic drugs: the role of self-perceived seriousness of disease. International Journal of Pharmaceutical and Healthcare Marketing, 16(1), 22–39. https://doi.org/10.1108/ijphm-10-2020-0090

  2. Are branded medications better than unbranded? (n.d.). BHF. https://www.bhf.org.uk/informationsupport/heart-matters-magazine/medical/ask-the-experts/branded-medications

  3. Nishkak. (2023). Generic Vs Non-Generic Medicines: Everything You Need To Know. PharmEasy Blog. https://pharmeasy.in/blog/generic-vs-non-generic-medicines-everything-you-need-to-know/


Tuesday, January 10, 2023

PD as RRT

 Kidney transplant is the best treatment option after kidney failure. But due to various reasons, the transplant is not possible in time. Dialysis is a treatment option while waiting for a transplant.

 There are 2 types of dialysis 

1) Hemodialysis (done by machine in hospital) 

2) Peritoneal Dialysis (dialysis method that can be done by the patient himself).

There is a misconception that there is a high risk of infection during dialysis. There is a risk of infection, but there are many ways to prevent infection, and the infected area can be easily treated. Peritoneal Dialysis (CAPD/APD) is the best option after transplant if you are thinking about quality of life after kidney failure. Peritoneal dialysis gives you freedom in your daily life.




Wednesday, July 7, 2021

PET

पेरिटोनियल झिल्ली जाँच

PET Test

सि.ए.पि.डी गर्न सुरु भएको ४-६ हप्तामा साथै प्रतेक ६ महिनामा पेरिटाेनियल झिल्लीकाे परिक्षण गर्नु पर्दछ। यसले चिकित्सक तथा तपाइकाे सि.ए.पि.डी काेअर्डीनेटरलाइ बैज्ञानिक आाधारमा तपाइकाे डाइलाइसिस र उपचारकाे याेजना तयार पार्न सहयाेग गर्छ र तपाईंको उपचार थप गुणस्तरीय हुन्छ। 

थप जानकारी को लागि तल को Link खोल्नुहोस् |

Link

>>पेरिटोनियल झिल्ली जाँच PET Test <<

Wednesday, May 5, 2021

सि.ए.पि.डी गर्ने बिरामिका लागि स्वस्थ्य र सुन्दर जिवनका १० सुत्र।

 १) तालिम

सि.ए.पि.डी उपचार पद्धति अपनाएपछी त्यसबारे पुर्णतालिम लिनु पर्दछ। ताालिम बिरामी र बिरामीकाे हेरचाह गर्ने ब्यक्ति सबैले लिनु जरुरी छ। तालिमकाे समयमा अत्यन्तै सक्रियरुपमा सहभागी भइ धेरै भन्दा धेरै प्रश्न साेध्नुहाेस। याद राख्नुहाेस राम्राे सिकाइनै गुणस्तरीय उपचारकाे लागि उपयाेगी हुन्छ र सि.ए.पि.डि गुणस्तरीय भई तपाइकाे जीवन सधै स्वस्थ्य र सुन्दर रहन्छ।

२) सरसफाइकाे सुनिस्चितता 

सि.ए.पि.डी मा सरसफाइ अत्यन्तै महत्त्वपूर्ण हुन्छ। उचित सरसफाइ र व्यवस्थापनले सि.ए.पि.डी गर्दा हुने सङ्क्रमण राेक्न सकिन्छ। 

नियमित सि.ए.पि.डी गर्नु अगाडि ८ तरिकाले हात धुनु अनिवार्य छ।

व्यक्तिगत सरसफाइले पनि सि.ए.पि.डी मा निकै महत्व राख्दछ। यसका साथै अन्य सरसफाइका माबदण्डहरु सिकाइए बमाेजिम गर्नु जरुरी छ।

३) पेटमा पाइप निस्किएको ठाउँकाे हेरचाह 

पायप निस्किएको ठाउकाे हेरचाह र सरसफाइ नियमित गर्नु पर्दछ। तालिमकाे दाेैरानमा सिकाइए बमाेजिम पाइप (क्याथेटर) र पाइप निस्किएको ठाउकाे हेरचाह गरि सम्भावित जाेखिमबाट बच्न सकिन्छ। 

४) मृगाैला चिकित्सक सँग नियमित परामर्श 

नियमित चिकित्सक सँग भेट्ने गर्नुहाेस्। तपाइलाई समस्यानै नहुदापनी प्रतेक महिना चिकित्सकलाई भेटी तपाइकाे स्वास्थ्य अवस्था र सि.ए.पि.डी उपचार ठिक ढङ्गले चलिरहेकाे छ भनी यकिन गर्नुपर्दछ। जस्ले तपाइलाई आाकस्मिक रुपमा अस्पताल आउनु पर्ने र भर्ना भएर उपचार गर्नु पर्ने अवस्थाकाे न्युनिकरण गर्दछ। 

५) नियमित प्रयाेगसाला  परिक्षण 

रगत, पिसाब तथा सि.ए.पि.डी पानिकाे नियमित प्रयाेगसाला परिक्षणले तपाइले गरिराख्नु भएकाे उपचारकाे प्रभावकारिता र तपाइकाे स्वास्थ्य अवस्था बारे जानकारी दिन्छ। जसकाे सहयाेगले चिकित्सकले तपाइकाे उपचार तथा अाैषधि फेरवदल तथा नियमित गर्नेछन्। 

६) नियमित सि.ए.पि.डी काेअर्डीनेटर सँग सम्पर्कमा रहने

तपाइलाई तलिम प्रदान गर्ने तपाईंको सि.ए.पि.डी काेअर्डीनेटर सँग नियमित सम्पर्कमा रहनु पर्दछ र हरेक सानाे भन्दा सानाे सि.ए.पि.डी सँग सम्वन्धित समस्या हरुमा परामर्श लिनु पर्दछ। सि.ए.पि.डी काेअर्डीनेटरकाे सम्पर्कका माध्यमहरु आादन प्रदान गरि सम्पर्क सुनिस्चित गर्नुहाेला। 

७) सि.ए.पि.डी सहि तरीकाले गर्ने। 

तपाईं निस्चित हुनुहाेस्की तपाइले सि.ए.पि.डी गर्दा अपनाउने प्रतेक प्रक्रिया हरु जस्तै हात कसरी र कतिबेला धुने, समानहरु कसरी पकाउने, आैषधी कसरी र कहिल जाेड्ने छुटाउने, आादी कुराहरु सहि तरीकाले गर्दै हुनुहुन्छ। यसले तपाइकाे उपचारलाई सधै ठिक राख्न सहयाेग गर्दछ।

८) ट्रान्सफर सेट परीवर्तन 

ट्रान्सफर सेट अथवा बिरामिकाे पेटमा राखिएकाे पइपकाे बाहीरी आाधा भाग प्रतेक ४ महिनामा परिवर्तन गर्नु पर्दछ जसले संक्रमण जन्य जाेखीम कम गर्दछ। यसका साथै अन्य समय जस्तै संक्रमण मएकाे अवस्थामा, पाइपमा कुनै भाैतिक समस्या देखीएमा र पाइपको नाङ्गो र सम्वेदनसिल भागहरुमा फाेहाेर हात अथवा अन्य वस्तुले छाेएमा पनि परिवर्तन गर्नु जरुरी छ।

९) तरल पदार्थ र भाेजन 

तरल पदार्थ र भाेजनकाे निस्चित नियम पालना गर्नु पर्दछ। सामान्यतया सि.ए.पि.डी गर्दा खाना र पानी बार्नु पर्दैन तर पनि सन्तुलित मात्रामा भने लिनु आावस्यक छ। हजुरकाे खाद्य परामर्श बिज्ञ्य र चिकित्सककाे सुझाव बमाेजिम सन्तुलित मात्रामा भाेजन तथा तरल पदार्थ लिने गर्नु पर्दछ। 

१०) पेरिटाेनियल झिल्लीकाे परिक्षण 

सि.ए.पि.डी गर्न सुरु गर्काे ४-६ हप्तामा साथै प्रतेक ६ महिनामा पेरिटाेनियल झिल्लीकाे परिक्षण गर्नु पर्दछ। यसले चिकित्सक तथा तपाइकाे सि.ए.पि.डी काेअर्डीनेटरलाइ बैज्ञानिक आाधारमा तपाइकाे डाइलाइसिस र उपचारकाे याेजना तयार पार्न सहयाेग गर्छ र तपाईंको उपचार थप गुणस्तरीय हुन्छ।

 
संजय अधिकारी 
CAPD Clinical Expert 
D.Pharm, B.Pharm
ISPD Fellowship in Peritoneal Dialysis (Thiland)

Sunday, May 2, 2021

डाईलाईसीस र तिर्खा व्यवस्थापन

सरिरमा पानीको सन्तुलन गर्नु मिर्गौला फेल भएका बिरामीहरुको लागि निकै नै चुनौती को बिषय हो | मिर्गौलाको धेरै महत्त्वपूर्ण कम हरु मध्य पिसाबको मध्यम बाट पानीको सन्तुलन गर्नु पनि एउटा महत्त्वपूर्ण कम हो | तर जब मिर्गौलाले आफ्नो पूर्ण क्ष्यमतामा काम गर्न सक्दैन तब सरिरमा पानीको व्यवस्थापन असन्तुलित हुन्छ| 

पानीको व्यवस्थापन असन्तुलित हुदा  सरिर मा निर्जलता (सरिर सुक्खा हुने) आथावा सरिर सुन्निने (सरिर मा पनि जम्मा हुने) अवस्था आउछ |

मिर्गौला फेल भएका बिरामीहरुको लागी पानीको सन्तुलन कायम गर्नको लागि प्यास (तिर्खा) को व्यवस्थापन गर्नु जरुरी छ |

तिर्खा कम गर्न के गर्ने ?

आत्त्याधिक मात्रामा नुन भएको खाना नखाने |

खानामा नुन थपेर खाने बनि आजै छोड्नुस |

यदी तपाई मधुमयको बिरामी हो भने चिनीको मात्रा कम गर्नुस, चिनिले तिर्खा बढाउछ

प्याक गरेर राखिएका खानेकुराहरु नखाने |

तयारी खाजाहरु जस्तै चाउचाउ, कुरकुरे, फुरन्दाना, दालमोठ,  जस्ता खानेकुराहरु नखाने |

प्याक गरिएका माछा मासु तथा सुकुटी आचार नखाने |

फास्ट फुड नखाने |

मुख खुल्ला गरेर नबस्ने, नसुत्ने |

चिनी नभएको चोक्लेट अथवा चुइगम खाने |

धेरै तिर्खा लागेमा चिसो पानीले मुख कुल्ला गर्ने |

Wednesday, October 16, 2019

सफा हात, स्वास्थ्य जिवनको साथ

हात सफा गर्नु स्वास्थ्यको लागि आतिनै महत्वपुर्ण कम हो| हात सफा गर्नाले विभिन्न रोगहरु बाट बच्न सकिन्छ | आझ CAPD गर्ने बिरामी हरुको लागित राम्रो संग हात धुनु अनिवार्य छ| आज म तपैहरुलाई कसरि राम्रो संग हात धुन सकिन्छ भनेर सिकौछु| हात राम्रो संग कसरि धुने भनेर सिक्न तलदिएको भिडियो हेर्नुहोस्|



Monday, October 7, 2019

शुभ दशैँ २०७३

बिजय दशमीको पवन अवसरमा सुस्वास्थ्य तथा दिर्घायुको कामनाको साथै आफ्नो dialysis नियमित गर्दै खान पान मा ध्यान दिनु हुन अनुरोध गर्दछौ|
 रातो मासु गेडा गुदी नखानु होला|
 रक्सी कोक फेन्टा जस्ता पेय पदार्थहरु नखानु होला|
 धेरै तागत लाग्ने काम जस्तै पिंग खल्ने, मासु काट्ने, गरुङ्गो चिज उचाल्ने जस्ता कामहरु न गर्नु होला|

Saturday, September 14, 2019

CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस कसरी नेपाली मिर्गौला बिरामीहरुको लागी उपयुक्त्त उपचार विकल्प बन्न सक्छ? How CAPD is a best alternative Renal Replacement Therapy for Nepalese CKD patients.

CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस कसरी नेपाली मिर्गौला बिरामीहरुको लागी उपयुक्त्त उपचार विकल्प बन्न सक्छ? 

How CAPD is a best alternative Renal Replacement Therapy for Nepalese CKD patients? 


के हो CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस?
CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस भन्नाले मिर्गौला फेल भैसके पछी अपनाईने उपचार विकल्पहरु मध्ये एक विकल्प हो | पेटबाट हुने डायलोसिस भनेको घरमा स्वयं बिरामीले पनि गर्न सकिने रगत सफा गर्ने उपचारको तरिका हो।  यस्तो डायलोसिस गर्न पेटमा सामान्य अप्रेसन गरी यौटा कमलो पाइप जडान गरिन्छ। तर, यस्तो प्रकृतिको अप्रेसन गर्दा बिरामीलाई बेहोस भने पारिँदैन । यसरी डाइलोसिस गर्दा पाइपबाट पेटमा दुई लिटर औसधि पानी हालिन्छ । पानी राख्न करिब आधा घन्टा समय लाग्छ । त्यसपछि बाहिरबाट पाइपको बिर्को बन्द गरिन्छ । यस्तो पानी ४  देखि ८  घन्टासम्म पेटमा राख्नुपर्ने हुन्छ, जसले रगत सफा गर्ने काम गर्छ । पानी आन्द्राको वरिपरि हुन्छ । यस्तो प्रक्रिया दिनको ३ देखि ४ पटकसम्म गर्नुपर्ने हुन्छ । पेटमा पानी राखेको अवस्थामा पनि बिरामीले आफ्नो नियमित काम गर्न सक्छन् ।
विशेषगरी ग्रामीण भेगका मानिसहरु जसको घर डाइलोसिस सुबिधा भएको आस्पताल बाट टाडा छ, नियमित काममा जानु पर्ने (कर्मचारी, बिद्यार्थी, व्यवसाही) र बच्चा हरुलाई यस्तो प्रकारको डायलोसिस उपयुक्त हुन्छ।

किन नेपाली मिर्गौला बिरामीहरुको लागी एउटा उपयुक्त्त उपचार विकल्पको रुपमा मान्न सकिन्छ?
१) भौगोलिक विकटताभएको ठाउमा पनि डाईलाइसीस सेवा दिन सकिन्छ |
भौगोलिक विकटताले गर्दा सबै ठाउँमा सबै किसिमको स्वास्थ्य सेवा उपलब्ध छैनन् र तेस्मा पनि डाईलाईसीस सेवा त झन् सहर केन्द्रित छन् |  डाईलाईसीस सेवाको लागि बिरामी हरु घर परिवार छोडेर सहारमा डेरा खोजेर डाईलाईसीस सेवा लिनु पर्ने अवस्था छ | यसको बिकलापमा CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस सेवा बिरामी लाई उपलब्ध गराउन सकेमा बिरामी आफनै घरमा बसेर आफ्नो डाईलाइसीस आफै गर्न सक्छ|
२) महँगो र जटिल भौतिक स्वास्थ्य संरचनाको लागि ठुलो धनराशी खर्च गर्नु पर्दैन |
CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको लागि कुनै मासिनको आवस्यकता पर्दैन तेसैले गर्दा अहीले भई राखेका स्वास्थ्य संरचना बाट नै सेवा प्रधान गर्न सकिन्छ| (Hemodialysis) मेसिन बाट गरिने डाईलाइसीसको लागि निकै जटिल तथा खर्चिलो भौतिक स्वास्थ्य संरचनाको आवस्यकता पर्दछ जस्तै मसिन (Hemodialysis Machine), पनि सफा पर्ने प्लान्ट (RO) औसधि तथा उपकरण भण्डारण, जसको लागि सुरुवाती आवस्था मै ठुलो धन राशी खर्च हुन्छ चाहे त्यो राज्यको होस या निजि क्षेत्रको| तर CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको लागि यी सबै उपकरणको आवस्यकता पर्दैन जसको लागि सामान्य आपरेशन गर्ने कोठा र तालिम गर्ने कोठा भए पुग्छ|
३) थोरै स्वास्थ्य जनशक्ति र श्रोत र साधन को प्रयोग गरेर धेरै बिरामी लाई डाईलाइसीस सेवा प्रदान गर्न सकिन्छ |
नेपाल सरकारले बिपन्न नागरिक निसुल्क डाईलाइसीस सेवा दिने नीति अवलम्बन गरेको छ जसले गर्दा आती बिपन्न नागरिक ले पनि डाईलाइसीस सेवा बाट बन्चित हुनु पर्दैन तर डाईलाइसीस सेवा प्रधान गर्ने श्रोत र साधन मसिन (Hemodialysis Machine) को कमिले गर्दा आज पनि आधिकामस  बिरामीहरु डाईलाइसीस सेवा बाट बन्चित छन् | (Hemodialysis) मेसिन बाट गरिने डाईलाइसीसको लागि १०० बिरामी बराबर २० नर्स ५ टेकनिसियन १ डाक्टर २ प्रशासक ५ सहयोगी कर्मचारीको आवस्यकता पर्दछ भने CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको लागि २ नर्स १ डाक्टर १  र १ सहयोगी कर्मचारीको मात्र आवस्यकता पर्दछ|
४) घरमै गुणस्तरीय डाईलाइसीस सेवा दिन सकिन्छ|
५) उत्पादक जनशक्ति बिरामी कुरुवा हुनुपर्ने बाध्यता बाट मुक्ति मिल्छ|
६) आस्पतालमा बिरामी र बिरामीको आफन्तको भिडभाड कम हुन्छ|
७) डाईलाइसीसकै करणले व्यवसाय, अध्यन, रोजगारी, आफन्तको माया त्याग्नु पर्दैन|

CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसलाई कसरी जनस्तरमा सहज रुपमा पुर्यौन सकिन्छ ?
हाल उपलब्ध स्वास्थ्य संरचनाको प्रयोग गरेरनै यो CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको सुबिधा जनस्तरमा सहज रुपमा पुर्यौन सकिन्छ | आहिले संचालनमा रहेको अंचल आस्पताल, क्षेत्रिय आस्पताल र केन्द्रीय आस्पताल लाई सल्यचिकित्सा र तालिमको केन्द्र बनाएर बिरामीको पेटमा पयाप राख्ने र स्वास्थ्य जनासक्तिका साथ साथै बिरामी र बिरामी को आफन्तको लागि तालिम केन्द्रको रुपमा स्थापित गरी बिरामीको सम्बन्धित जिल्लामा रहेको जिल्ला आस्पताल र स्वास्थ्य चौकीबाट बिरामीको  आवस्यकता आनुसरको स्वास्थ्य सुबिधा प्रदान गर्ने  र  केन्द्र सँग आवस्यक समन्वय गर्ने| CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसलाई आवस्यक औषधि सिधै राज्य स्तर बाट राष्ट्रिय टेन्दर प्रक्रिया बाट सस्तो र गुणस्तरीय औषधि खरिद गरि आवस्यकता आनुसरको बिरामीलाई आवस्यक औषधि स्थानीय स्तर बाटनै आन्य अत्यावसकिय औषधि वितरण गरेको जसरि   वितरण गर्ने  बेवस्था मिलाउनु पर्छ | 
यदि निजि स्तर बाट एस्तो औषधिको वितरण बेबस्था गर्ने हो भने औषधिमा भन्सार छुट र वितरण गरेको औषधि बराबर हुन आएको रकमको समयमानै भुक्तानीको बेबस्था गरिदिनु पर्छ र स्प्लाई नियमित भएको नभएको नियमित अनुगमन  गर्नु पर्छ|


संकलन तथा प्रकासन : 
संजय अधिकारी 
CAPD Clinical Expert 
(D.Pharm, B.Pharm, ISPD Fellow)

ब्रान्डेड जेनेरिक औषधि र अनब्रान्डेड जेनेरिकमा के फरक?

  ब्रान्डेड जेनेरिक औषधिहरू साँच्चै अनब्रान्डेड जेनेरिकहरूको तुलनामा महँगो हुन सक्छ, अतिरिक्त लागतले सक्रिय औषधि सामग्री (एपीआई) र क्लिनिकल ...