Saturday, September 14, 2019

CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस कसरी नेपाली मिर्गौला बिरामीहरुको लागी उपयुक्त्त उपचार विकल्प बन्न सक्छ? How CAPD is a best alternative Renal Replacement Therapy for Nepalese CKD patients.

CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस कसरी नेपाली मिर्गौला बिरामीहरुको लागी उपयुक्त्त उपचार विकल्प बन्न सक्छ? 

How CAPD is a best alternative Renal Replacement Therapy for Nepalese CKD patients? 


के हो CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस?
CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस भन्नाले मिर्गौला फेल भैसके पछी अपनाईने उपचार विकल्पहरु मध्ये एक विकल्प हो | पेटबाट हुने डायलोसिस भनेको घरमा स्वयं बिरामीले पनि गर्न सकिने रगत सफा गर्ने उपचारको तरिका हो।  यस्तो डायलोसिस गर्न पेटमा सामान्य अप्रेसन गरी यौटा कमलो पाइप जडान गरिन्छ। तर, यस्तो प्रकृतिको अप्रेसन गर्दा बिरामीलाई बेहोस भने पारिँदैन । यसरी डाइलोसिस गर्दा पाइपबाट पेटमा दुई लिटर औसधि पानी हालिन्छ । पानी राख्न करिब आधा घन्टा समय लाग्छ । त्यसपछि बाहिरबाट पाइपको बिर्को बन्द गरिन्छ । यस्तो पानी ४  देखि ८  घन्टासम्म पेटमा राख्नुपर्ने हुन्छ, जसले रगत सफा गर्ने काम गर्छ । पानी आन्द्राको वरिपरि हुन्छ । यस्तो प्रक्रिया दिनको ३ देखि ४ पटकसम्म गर्नुपर्ने हुन्छ । पेटमा पानी राखेको अवस्थामा पनि बिरामीले आफ्नो नियमित काम गर्न सक्छन् ।
विशेषगरी ग्रामीण भेगका मानिसहरु जसको घर डाइलोसिस सुबिधा भएको आस्पताल बाट टाडा छ, नियमित काममा जानु पर्ने (कर्मचारी, बिद्यार्थी, व्यवसाही) र बच्चा हरुलाई यस्तो प्रकारको डायलोसिस उपयुक्त हुन्छ।

किन नेपाली मिर्गौला बिरामीहरुको लागी एउटा उपयुक्त्त उपचार विकल्पको रुपमा मान्न सकिन्छ?
१) भौगोलिक विकटताभएको ठाउमा पनि डाईलाइसीस सेवा दिन सकिन्छ |
भौगोलिक विकटताले गर्दा सबै ठाउँमा सबै किसिमको स्वास्थ्य सेवा उपलब्ध छैनन् र तेस्मा पनि डाईलाईसीस सेवा त झन् सहर केन्द्रित छन् |  डाईलाईसीस सेवाको लागि बिरामी हरु घर परिवार छोडेर सहारमा डेरा खोजेर डाईलाईसीस सेवा लिनु पर्ने अवस्था छ | यसको बिकलापमा CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीस सेवा बिरामी लाई उपलब्ध गराउन सकेमा बिरामी आफनै घरमा बसेर आफ्नो डाईलाइसीस आफै गर्न सक्छ|
२) महँगो र जटिल भौतिक स्वास्थ्य संरचनाको लागि ठुलो धनराशी खर्च गर्नु पर्दैन |
CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको लागि कुनै मासिनको आवस्यकता पर्दैन तेसैले गर्दा अहीले भई राखेका स्वास्थ्य संरचना बाट नै सेवा प्रधान गर्न सकिन्छ| (Hemodialysis) मेसिन बाट गरिने डाईलाइसीसको लागि निकै जटिल तथा खर्चिलो भौतिक स्वास्थ्य संरचनाको आवस्यकता पर्दछ जस्तै मसिन (Hemodialysis Machine), पनि सफा पर्ने प्लान्ट (RO) औसधि तथा उपकरण भण्डारण, जसको लागि सुरुवाती आवस्था मै ठुलो धन राशी खर्च हुन्छ चाहे त्यो राज्यको होस या निजि क्षेत्रको| तर CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको लागि यी सबै उपकरणको आवस्यकता पर्दैन जसको लागि सामान्य आपरेशन गर्ने कोठा र तालिम गर्ने कोठा भए पुग्छ|
३) थोरै स्वास्थ्य जनशक्ति र श्रोत र साधन को प्रयोग गरेर धेरै बिरामी लाई डाईलाइसीस सेवा प्रदान गर्न सकिन्छ |
नेपाल सरकारले बिपन्न नागरिक निसुल्क डाईलाइसीस सेवा दिने नीति अवलम्बन गरेको छ जसले गर्दा आती बिपन्न नागरिक ले पनि डाईलाइसीस सेवा बाट बन्चित हुनु पर्दैन तर डाईलाइसीस सेवा प्रधान गर्ने श्रोत र साधन मसिन (Hemodialysis Machine) को कमिले गर्दा आज पनि आधिकामस  बिरामीहरु डाईलाइसीस सेवा बाट बन्चित छन् | (Hemodialysis) मेसिन बाट गरिने डाईलाइसीसको लागि १०० बिरामी बराबर २० नर्स ५ टेकनिसियन १ डाक्टर २ प्रशासक ५ सहयोगी कर्मचारीको आवस्यकता पर्दछ भने CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको लागि २ नर्स १ डाक्टर १  र १ सहयोगी कर्मचारीको मात्र आवस्यकता पर्दछ|
४) घरमै गुणस्तरीय डाईलाइसीस सेवा दिन सकिन्छ|
५) उत्पादक जनशक्ति बिरामी कुरुवा हुनुपर्ने बाध्यता बाट मुक्ति मिल्छ|
६) आस्पतालमा बिरामी र बिरामीको आफन्तको भिडभाड कम हुन्छ|
७) डाईलाइसीसकै करणले व्यवसाय, अध्यन, रोजगारी, आफन्तको माया त्याग्नु पर्दैन|

CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसलाई कसरी जनस्तरमा सहज रुपमा पुर्यौन सकिन्छ ?
हाल उपलब्ध स्वास्थ्य संरचनाको प्रयोग गरेरनै यो CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसको सुबिधा जनस्तरमा सहज रुपमा पुर्यौन सकिन्छ | आहिले संचालनमा रहेको अंचल आस्पताल, क्षेत्रिय आस्पताल र केन्द्रीय आस्पताल लाई सल्यचिकित्सा र तालिमको केन्द्र बनाएर बिरामीको पेटमा पयाप राख्ने र स्वास्थ्य जनासक्तिका साथ साथै बिरामी र बिरामी को आफन्तको लागि तालिम केन्द्रको रुपमा स्थापित गरी बिरामीको सम्बन्धित जिल्लामा रहेको जिल्ला आस्पताल र स्वास्थ्य चौकीबाट बिरामीको  आवस्यकता आनुसरको स्वास्थ्य सुबिधा प्रदान गर्ने  र  केन्द्र सँग आवस्यक समन्वय गर्ने| CAPD अर्थात घरमै बसेर पेट बाट गरिने डाईलाइसीसलाई आवस्यक औषधि सिधै राज्य स्तर बाट राष्ट्रिय टेन्दर प्रक्रिया बाट सस्तो र गुणस्तरीय औषधि खरिद गरि आवस्यकता आनुसरको बिरामीलाई आवस्यक औषधि स्थानीय स्तर बाटनै आन्य अत्यावसकिय औषधि वितरण गरेको जसरि   वितरण गर्ने  बेवस्था मिलाउनु पर्छ | 
यदि निजि स्तर बाट एस्तो औषधिको वितरण बेबस्था गर्ने हो भने औषधिमा भन्सार छुट र वितरण गरेको औषधि बराबर हुन आएको रकमको समयमानै भुक्तानीको बेबस्था गरिदिनु पर्छ र स्प्लाई नियमित भएको नभएको नियमित अनुगमन  गर्नु पर्छ|


संकलन तथा प्रकासन : 
संजय अधिकारी 
CAPD Clinical Expert 
(D.Pharm, B.Pharm, ISPD Fellow)

ब्रान्डेड जेनेरिक औषधि र अनब्रान्डेड जेनेरिकमा के फरक?

  ब्रान्डेड जेनेरिक औषधिहरू साँच्चै अनब्रान्डेड जेनेरिकहरूको तुलनामा महँगो हुन सक्छ, अतिरिक्त लागतले सक्रिय औषधि सामग्री (एपीआई) र क्लिनिकल ...