Wednesday, April 24, 2019

CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस बारे भ्रम |


१ CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस गर्दा संक्रमण (Infection) धेरै हुन्छ|

गलत : हो CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस गर्दा बिरामीको पेटमा संक्रमण हुन सक्छ तर, सरसफाई, राम्र्ररी हात धुने र सही तालिम लिएर गरेमा यसलाई रोक्न सकिन्छ| यदि संक्रमण भई हाल्यो भने पनि घरमै औषधि प्रयोग गरेर निको पार्न सकिन्छ | साचै भन्नु पर्दा CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस गर्ने बिरामीहरुमा रगतको संक्रमण हुन सक्ने सम्भावना Hemodialysis (अस्पताल मा मशिन बाट गरिने डाइलाइसीस) भन्दा धेरै कम हुन्छ| CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस गर्दा Viral रोग हरु जस्तै Hepatitis, HIV सर्ने सम्भावना कम हुन्छ|

२ CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस गर्न धेरै समय लाग्छ

गलत : CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीसले तपाइलाई सधै घरको बातावरण प्रदान गर्छ र तपाई धेरै समय आफ्नो परिवार संग बितौना पाउनु हुन्छ| तपाई यदि कुनै कम गर्नु हुन्छ जस्तै कर्मचारी हुनुन्छ,
पढ्ने विधार्थी हुनुन्छ, व्यापार गर्नु हुन्छ, भने आफ्नो समय मिलाएर डाइलाइसीस गर्न सक्नु हुन्छ | यो डाइलाइसीस दिनमा ३ वा ४ पटक ६ देखि ८ घन्टाको फरकमा आफ्नो समय मिलाएरा गर्न सकिन्छ |

३ CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस असक्त,अपाङ्ग र वृद्ध बृद्धा हरुलाई गर्न सकिदैन |

गलत : असक्त,अपाङ्ग र वृद्ध बृद्धा हरुलाई यो डाइलाइसीस आफै गर्न अवश्य अप्ठारो हुन्छ तर नियमित आस्पताल लगेर डाइलाइसीस गराउनु पनि तेती सजिलो छैन | घरमै गरिने डाइलाइसीस गर्न कुनै एक दुई जना घरको सदस्यले राम्रो संग तालिम लिएर नियमित घरकै बातावरण मा गर्न सकिन्छ जसबाट कही आनन्द मिल्छ |

४ CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस धेरै खर्चिलो हुन्छ |

गलत : यो डाइलाइसीस घरमै गर्न सकिन्छ, गाडी  चडेर आस्पताल हप्ताको २ - ३ पटक जानु पर्दैन, डाइलाइसीस सेवा प्रदान गर्ने सुबिधा भएको आस्पताल नजिकै डेरा  खोजेर बस्नु पर्दैन, रगत खेर नजाने भएकोले रगत बडाउने औषधि र रगत चडाउने तुलनात्मकरुपमा कम हुन्छ साथै निसुल्क डाइलाइसीस सुबिधा यो CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीसमा पनि पाइन्छ |

 CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस गर्न पक्की घर र कोठा चाइन्छ |

गलत : CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस गर्न सफा ठाउँ को जरुरत पर्छा यो  कुरा सत्य हो  तर पक्की घर र कोठानै  चाइन्छ भन्ने कुरा गलत हो | ढुंगा माटो ले बनेको होस् अथवा बाँस र खरले बनेको  घर जस्तो घरमा पनि सफा तरिकाले गर्न सकिन्छ |

थप जानकारी को लागि आफ्नो मिर्गौला चिकित्सक संग परामर्श लिनु होला |


संकलन, सम्पादन तथा प्रकाशन
संजय अधिकारी CAPD Clinical Coordinator (D.Pharm, B.Pharm, ISPD Fellow)

 1. Firanek, C and Guest, S. Perit Dial Int. 2011;31(4):399-408. 
2. Dalal, P et al. Int J Nephrol. 2011: Article 239515. 
 3. USRDS 2016 Annual Report. 
4. Chapter 6: Transplantation. United States Renal Data System website. https://www.usrds.org/2018/view/v2_06.aspx. 2018. Accessed December 12, 2018.
 5. Lee MB, Bargman JM. Myths in peritoneal dialysis. Curr Opin Nephrol Hypertens. 2016 Nov;25(6):602-608. 

Wednesday, April 17, 2019

CAPD डाइलाइसिस किन?

http://www.capdinfo.weebly.com

<script async custom-element="amp-auto-ads"
        src="https://cdn.ampproject.org/v0/amp-auto-ads-0.1.js">
</script>

<amp-auto-ads type="adsense"
              data-ad-client="ca-pub-8887176013545862">
</amp-auto-ads>

ब्रान्डेड जेनेरिक औषधि र अनब्रान्डेड जेनेरिकमा के फरक?

  ब्रान्डेड जेनेरिक औषधिहरू साँच्चै अनब्रान्डेड जेनेरिकहरूको तुलनामा महँगो हुन सक्छ, अतिरिक्त लागतले सक्रिय औषधि सामग्री (एपीआई) र क्लिनिकल ...