Thursday, March 14, 2019

मिर्गौला र CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस बारे जानकारी

मिर्गौला र CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस बारे जानकारी

मान्छेको सरिर मा दुई ओटा मिर्गौला हुन्छ
मिर्गौला का कामहरु
१ पिसाब बनाउने
२ रक्तचाप निहन्त्रण गर्ने
३ सरिरमा नुनको सन्तुलन गर्ने 
४ सरिरमा पनिको सन्तुलन गर्ने 
५ रगत बनाउने होर्मोनको उत्पादन गर्ने 
६ सरिरको अम्लियपना नियन्त्रण गर्ने 

मिर्गौला स्वास्थ्य राखन के  गर्नु पर्छा?
१ नियमित कसरत गर्ने 
२ प्रसस्त पनि पियुने र कम्तिमा दिन मा २ देखि ३ लिटर पिसाब फेर्ने 
३ दुखाइ कम गर्ने (Pain Killer) औसधि सके सम्म प्रयोग नगर्ने 
४ स्वस्थ्यकर खान खाने र  सरिरको तौल नियन्त्रणमा राखने 
५ रक्तचाप नियन्त्रणमा राखने र समयमै डाक्टरको परामर्स लिने
६ चिनी रोग बारे समयमै डाक्टरको परामर्स लिने र नियन्त्रणमा राखने
७ सुर्ती, चुरोट, रक्शी, गुट्खा आदिको अम्बल त्याग्ने

मिर्गौला बुग्रनुका कारणहरु
१ Autoimmune रोग जस्तै लुपुस, IgA Nephropathy
२ बम्सानुगत रोग जस्तै Polycystic किड्नी रोग (PKD)
३ मुत्र नाली को समस्या  (पथ्हरी, संक्रमण आदि)
४ उच्च रक्तचाप 
५ मधुमेह 

मिर्गौला बिग्रिएपछिका लक्ष्यणहरु
१ सरिर चलाउने
२ वाकवाकी लाग्ने, खान अरुचि हुने 
३ भोक नलाग्ने 
४ आखाको डिल र खुट्टा हरु सुनिने 
५ सुत्न र स्वास प्रष्वास मा अप्ठ्यारो हुने
६ पिसाब कम आउने आथावा छिटो छिटो गर्ने 
आदि 

मिर्गौला बिग्रिए के गर्ने ?
के हो CAPD (पेट बाट गरिने) आथावा घरमै गरिने डाइलाइसीस?
   पेटबाट हुने डायलोसिस भनेको घरमा स्वयं बिरामीले पनि गर्न सकिने रगत सफा गर्ने उपचारको तरिका हो।  यस्तो डायलोसिस गर्न पेटमा सामान्य अप्रेसन गरी यौटा कमलो पाइप जडान गरिन्छ। तर, यस्तो प्रकृतिको अप्रेसन गर्दा बिरामीलाई बेहोस भने पारिँदैन । यसरी डाइलोसिस गर्दा पाइपबाट पेटमा दुई लिटर औसधि पानी हालिन्छ । पानी राख्न करिब आधा घन्टा समय लाग्छ । त्यसपछि बाहिरबाट पाइपको बिर्को बन्द गरिन्छ । यस्तो पानी ४  देखि ८  घन्टासम्म पेटमा राख्नुपर्ने हुन्छ, जसले रगत सफा गर्ने काम गर्छ । पानी आन्द्राको वरिपरि हुन्छ । यस्तो प्रक्रिया दिनको ३ देखि ४ पटकसम्म गर्नुपर्ने हुन्छ । पेटमा पानी राखेको अवस्थामा पनि बिरामीले आफ्नो नियमित काम गर्न सक्छन् ।
विशेषगरी ग्रामीण भेगका मानिसहरु जसको घर डाइलोसिस सुबिधा भएको आस्पताल बाट टाडा छ, नियमित काममा जानु पर्ने (कर्मचारी, बिद्यार्थी, व्यवसाही) र बच्चा हरुलाई यस्तो प्रकारको डायलोसिस उपयुक्त हुन्छ।

घरमै गरिने डाइलाइसीस (CAPD) का फाइदाहरु
संकलन तथा प्रकासन : 
संजय अधिकारी CAPD Clinical Coordinator (D.Pharm, B.Pharm, ISPD Fellow)



Refrence
१. http://www.kidneyfund.org/kidney-disease/kidney-failure/
२. http://www.ratopati.com/story/36291?fbclid=IwAR1vIJZBSssXBTcawLljH-D9WtEZNp0mt7XteefndoZeUVIF1LEF3nth2I8


ब्रान्डेड जेनेरिक औषधि र अनब्रान्डेड जेनेरिकमा के फरक?

  ब्रान्डेड जेनेरिक औषधिहरू साँच्चै अनब्रान्डेड जेनेरिकहरूको तुलनामा महँगो हुन सक्छ, अतिरिक्त लागतले सक्रिय औषधि सामग्री (एपीआई) र क्लिनिकल ...